माओवादीकाे ‘तराई/मधेश जागरण अभियान’ शुरू

 फागुन १२, २०८१ सोमबार १८:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले तराई/मधेश जागरण अभियान शुरू गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झापाको कचनकवल गाउँपालिकामा रहेको हुकाहुकी चोकबाट अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ कार्यक्रममा अध्यक्ष प्रचण्डले तराई/मधेश जागरण अभियानले नागरिकसँगको सम्बन्धलाई जीवन्त बनाउने बताउनुभयो । अभियानका लागि रोजेको हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उहाँको दाबी छ ।

यस्तै उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले यो अभियान ऐतिहासिक भएको बताउनुभयो । उहाँले अभियानले पूर्वदेखि पश्चिमसम्मका सबै जातजाति, धर्म र सम्प्रदायलाई एकीकृत गर्ने अपेक्षा रहेको बताउनुभयो ।

यसैगरी पार्टीका अर्का उपमहासचिव जनार्दन शर्माले विगतमा पार्टीले गरेको कमी–कमजोरीलाई पाँच महिना पालिकादेखि केन्द्रसम्म छलफल गरेर सङ्कल्पसहित नागरिकमा जाने निर्णय गरेर अभियान सञ्चालन गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया