स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग जुम्लाका किसानको आग्रह
मंसिर ९, २०८१ आइतबार
काभ्रे –चारदोबाटोमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गए पछि बनेपा तनावग्रस्त बनेको छ ।
बा २ क ३९३४ नम्बरको टिप्परले बा ८३ प ५०७७ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार टिप्परको ठक्करबाट नमोबुद्ध नगरपालिका खनालचोकका ५७ वर्षीय जितबहादुर तामाङको ज्यान गएको हाे ।
प्रत्यक्षदर्शीका अनुसार पहिला ठक्कर दिँदा मोटरसाइकलबाट लडेर सामान्य घाइते उनलाई पुनः टिप्परले किचेको थियो । चारदोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका मधुर दाहालका अनुसार टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर हेरेर पुनः किचेको बताउनुभयो । ‘पहिला टिप्परले ठक्कर दियो, सामान्य लडेका मोटरसाइकल चालकलाई टिप्पर चालकले आफ्नो साइडको ढोका खोलेर किचिन्छ कि किचिदैन भन्दै हेरेर पुनः किच्यो’, दाहालले भन्नुभयो ।
मृतकलाई शीर मेमोरियल अस्पतालमा राखिएको छ । आक्रोशित भिडले ट्रिपर चालकलाई कुटपिट गरेका छन भने टिप्परमा आगजनी गरेका छन् ।
टिप्पर चालक नुवाकोट जिल्लाको बिदुर –१, का २९ वर्षीय सुधन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटना बढ्यो भन्दै उपत्यकामा दिउँसो टिप्पर चल्न नदिने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष असर काभ्रेमा परेको छ । काभ्रेमा पनि दिउँसोको समयमा चल्न नदिने माग स्थानीयले गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।
अनिल श्रेष्ठ
July 23, 2018, 4:46 p.m.अझै हामी मोटरसाइकल चालक कति दिन असुरक्षित हो त आखिर ट्रिपर आतंक कहिले सम्म ठूलो सवारी साधनको पेलाई मै बस्नु पर्ने हो मोटरसाइकल चालक चै।। जान्ता जान्न चाहन्छ
Gyan bahadur tamang
July 23, 2018, 3:54 p.m.अत्याचार हुन लागेको हो त ?