काठमाण्डौमा दिनभरी घाम, राति पानी पर्ने सम्भावना

 माघ १५, २०७६ बुधबार १६:५६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको मौसम बुधबार दिनभरी सफा रह्यो । उपत्यकासहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्यो । तर अहिले बेलुकादेखि भने मौसम बदली हुने मौसमविदले बताएका छन् ।

 मौसमविद सजिना शाक्यका अनुसार बुधबार बेलुकादेखि पश्चिमी वायुको प्रभावले काठमाण्डौसहित देशका धेरै ठाउँ बदली भई केही ठाउँमा पानी  पर्ने सम्भावना छ । 

बिहीबार मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको पनि सम्भावना छ । अहिले पश्चिमका केही ठाउँमा पानी परेको छ । शुक्रबारदेखि भने मौसम खुल्ने मौसमविदको अनुमान छ । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया