च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रमा गएर वसन्त श्रवण गर्नु भएको छ ।
हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भएको हो । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले राष्ट्रपतिलाई वसन्त श्रवण गराउनु भएको थियो ।
श्रीमद्भागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले वसन्त ऋतुको आगमन भएको भन्दै वसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने चलन छ ।
नेपालमा राष्ट्राध्यक्ष लगायत सरकार प्रमुख सबैले हनुमानढोका दरबारको नासल चोकमा वसन्त श्रवण गर्ने चलन छ ।
आज वसन्त पञ्चमी अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीकाे पूजाराधना गरि मनाइँदै छ । याे दिनबाट वसन्त ऋतु सुरु भएको मनिन्छ ।
नेपाल लगायत हिन्दू धर्ममा आस्था राख्नेले माघ शुक्ल पञ्चमीकाे दिनलाई ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि सरस्वतीको पूजा गर्ने चलन छ । धार्मिक ग्रन्थ पुराणमा उल्लेख गरिएनुसार माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनु भएको विश्वास गरिन्छ ।
देशभरका सरस्वती मन्दिरमा पूजाराधना गर्न श्रद्धालुको भिड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई याे दिनदेखि नै अक्षरारम्भ गराउने चलन पनि छ ।
याे दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । साथै याे दिन विवाह, नयाँ भवनमा बास लगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।