डोजरले खसालेको ढुङ्गाले लागेर मुगुमा बालकको ज्यान गयाे

 फागुन १२, २०८१ सोमबार १८:९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – मुगुमा डोजरले खसालेको ढुङ्गाले लागेर एक बालकको ज्यान गएको छ । यस्तै ढुङ्गाले लागेर बालककी आमा गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

सोरु गाउँपालिका– १० मा सडक निर्माणका क्रममा खसेको ढुङ्गाले स्थानीय बासिन्दा कल्पना नेपाली र उहाँका १० वर्षीय छोरा लोकजङ्गलाई लागेको हो । बालकको घटनास्थलमै ज्यान गएको र गम्भीर घाइते आमालाई जिल्ला अस्पताल पठाएको स्थानीय बासिन्दाले बताएका छन् ।

हिजो बेलुका बारीको कामबाट घर फर्कँदै गर्दा आमा छोरालाई ढुङ्गाले लागेको हो । दोमुख–गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत सोरु गाउँपालिका–१० बजुरेदेखि दोमुखसम्म ट्र्याक खोल्ने काम भइरहेको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया