ललितपुर : जिम सेन्टरमा दम्पतीकाे ज्यान गयाे

 माघ १६, २०७६ बिहीबार ११:१९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको तिखेदेवलमा रहेको जिम सेन्टरमा एक दम्पतीकाे ज्यान गएको छ ।

तिखेदेवलको विशाल चोकमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहाेस भएका हस्तकुमार मगर र उहाँकी श्रीमती नेत्रकुमारी मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

बेहोस अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पाटन अस्पताल पुर्‍याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर ललितपुरमा प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अक्सिजनको कमी हुँदा निस्सासिएर ज्यान गएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । शव पोष्टमार्टमको प्रक्रियामा रहेको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: फागुन ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • मिङसोमा पापा

    Jan. 30, 2020, 2:29 p.m.

    यो सोना बाथ चलाउने संन्चालकलाई कडा भन्दा कडा सजांय दिनु पर्छ किनकी त्यै ठाँउमा १,२ महिना पहिले १,२ जनासोना लिनेहरु त्यसरी नै बेहोस भएर हस्पिटल बिएण्डबी लगिएको थियो तर कतै रिपोर्ट गरिएन गुपचुप राखियो ।हिजो हाम्रो मित्र साथी माथी यस्तो अप्रिय घटना भईदियो मृत्यक मित्र साथै उहांको श्रीमती हरुमा श्रदासुमन 😭

  •  0 Reply

तपाईको प्रतिक्रिया