च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – झण्डै एक वर्षपछि नेपाली काङ्ग्रेसकाे भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्गठन (नेविसंघ) ले नयाँ नेतृत्व पाएकाे छ ।
नेविसङ्घले सुनसरीका राजीव ढुंगानाले नेतृत्व गर्नुहुनेछ । त्यस्तै महामन्त्रीमा काठमाण्डाैका मनोज वैद्य र मुख्यसचिवमा पाल्पाकी महेश्वरी कुँवर रहनु भएकाे छ । तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशीघ्र गरिने नेविसंघले जनाएकाे छ ।
गएकाे माघमा नैनसिंह महर नेतृत्वकाे नेविसंघ विघटन भएपछि नेतृत्वविहीन बनेकाे थियाे । त्यसपछि गएकाे फागुन १ गते काङ्ग्रेस केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवालाई नेविसंघलाई नेतृत्व दिन जिम्मेवारी दिएको थियो।
नेपाली काङ्ग्रेसकाे विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नयाँ नेतृत्व दिइएको पार्टीले जनाएकाे छ ।
यस तदर्थ कार्यसमितिले निम्न काम गर्नेछ–
(१) आजको मितिले ६ महिनाभित्र नेपाल विद्यार्थी सङ्घको आगामी १२औँ केन्द्रीय अधिवेशन सम्पन्न गर्नेछ ।
(२) आगामी १२औँ अधिवेशनसम्म नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्नेछ ।
(३) तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन पाउने छैनन् ।
(४) यसअघि कायम रहेको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्य समिति विघटन भएको मिति (२०७५ माघ २९ गते) सम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीहरुले नेपाल विद्यार्थी सङघको आगामी १२औँ अधिवेशनमा भाग लिन पाउने छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।