च्याम्पियन्स ट्रफी : बङ्गलादेशलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनल...
फागुन १३, २०८१ मंगलबार
रसुवा - चीनको केरुङबाट फर्किएकी २४ वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ ।
उपचारका लागि बिहीबार बिहान जिल्ला अस्पताल रसुवा पुगेकी ती महिलामा कोरोना भाइरसको लक्षण देखिएकाले आशङ्का गरिएको अस्पतालले जनाएकाे छ ।
सङ्क्रमण भएको आशङ्कामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टन्डेन्ट डा. अनिलकुमार खरेलले बताउनु भयो ।
‘अहिले हामीले आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेका छौँ', उहाँले भन्नुभयो, ‘बिरामीलाई काठमाण्डाै रिफर गर्ने वा स्याम्पल पठाउने भन्ने बारे छलफल भैरहेको छ ।’
ती महिला केरुङबाट गएकाे माघ २ गते नेपाल आएकी थिइन् । अस्पतालमा कोरोनाको आशङ्का गरिएका बिरामी आएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।