भारतका बामपन्थी नेता कन्हैया कुमार पक्राउ

 माघ १६, २०७६ बिहीबार १५:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जवाहरलाल नेहरु विश्वविद्यालयको पूर्व छात्र सङ्घ अध्यक्ष एवं युवा नेता कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार आफ्ना समर्थहरुको साथमा गान्धी स्मारक जाने क्रममा उनलाई विहार प्रहरीले पक्राउ गरेको हो ।  उहाँलाई चम्परणमा रहेको हिरासतमा राखिएको छ ।

उहाँले विवादित नागरिकता संसोधन कानूनको विरोध गर्दै आएका आउनु भएकाे थियाे । उहाँ प्रभावशाली  विद्यार्थी नेताकाे रुपमा चिनिँदै आउनु भएकाे छ । 

 

कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआउनु भएकाे छ । आफ्नाे आधिकारिक ट्विटर ह्याण्डल तथा फेसबुकमार्फत उहाँले नागरिकता विधेयकलगायतकाे विराेधमा चम्पारणमा रहेकाे बापु धाममा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेर एक महिने जन गण मन यात्रा थालनी गरिने कार्यक्रम तय भएकाेमा प्रहरीले आफूलगायत थु्प्रै समर्थकहरुलाई पक्राउ गरेकाे जानकारी दिनुभएकाे छ । 

 


.

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया