नेपालमा मानवअधिकारको अवस्था सन्तोषजनक छैन : एम्नेस्टी प्रतिवेदन

 माघ १६, २०७६ बिहीबार १७:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एम्नेस्टी इन्टरनेशनल नेपालले अझै पनि मानवअधिकारको अवस्था सन्तोषजनक बन्न नसकेको निष्कर्ष निकालेकाे छ । 

बिहीबार एसिया प्यासिफिक क्षेत्रमा मानवअधिकारको अवस्था २०१९ विषयक प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले नेपालमा मावनअधिकारको अवस्था सन्तोषजनक नरहेको जनाएको हो । 

सरकारले संवैधानिक आयोगमा पदाधिकरी नियुक्त गर्न नसकेको, अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित गर्ने खालका कानून ल्याएको बताउँदै एमनेस्टीले नेपालमा मावनअधिकारको अवस्था सुधार हुन नसकेको जनाएको छ । 

मानव अधिकारवादीहरुमाथि नियन्त्रण गर्न खोजेको, संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्त गर्न सरकारले अलमल गरेको एम्नेस्टीले जनाएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले नेपालमा खाद्य अधिकार, आवास अधिकारका विषयमा प्रगति भए पनि लक्ष्य अनुसार अगाडि बढ्न नसकिएको बताउनुभयो ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको सङ्कुचित गर्नेगरी मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक ल्याएको, नागरिक संस्था दर्तासम्बन्धी कानून बनाएको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा लेख्ने, कमेन्ट गर्ने, चलचित्रको समीक्षा गर्नेहरुलाई गिरफ्तार गरी यातना दिने काम सन् २०१९ मा भएको पाइएको उहाँले बताउनुभयो ।एनजीओहरुमाथि अनावश्यक निगरानी गर्ने गरी कानून बनाउनु, लाल आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगर्नु, शान्ति सम्झौतापछि गठन भएको आयोगहरुबाट द्वन्द्वकालीन मुद्धाहरु समाधान गर्न नसकेको उहाँले बताउनुभयो । 

विप्लव समूहका कार्यकर्ता भनिएका केही व्यक्तिहरुलाई पक्राउ गरी हत्या गरिएको, मधेश आन्दोलनपछि मधेशी समुदायका सदस्यहरुमाथि गरिएका घटनाहरुको अनुसन्धान विश्वसनीय हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । 

कानुनमा छाउपडीलाई अपराधीकरण गरिएको भए पनि अहिले पनि धेरै जिल्लाहरुमा यो व्यापक रुपमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया