चट्याङ लागेर दैलेखमा एक जनाकाे ज्यान गयाे, चार जना घाइते

 माघ १७, २०७६ शुक्रबार ९:३९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – महाबु गाउँपालिका ६ काे लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाकाे ज्यान गएकाे छ । 

चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउदले जानकारी दिनुभयो । साथै अन्य चार जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ ।

सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि घटना घटेकाे महाबु गाउँपालिका ६ का वडा सदस्य दलबहादुर विकले बताउनु भयो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया