बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ - विराटनगरमा बनेको एकीकृत भन्सार जाँच चौकी आईसीपीको अघिल्लो हप्ता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीबाट भिडियो कन्फ्रेन्सबाट उद्घाटन भयो । उद्घाटन भएको आईसीपी सञ्चालनमा आइसकेको छैन । अबको केही दिनमा सञ्चालमा ल्याउने तयारी छ ।
आईसीपीमा अन्तर्राष्ट्रियस्तरका सुविधा छन् । भन्सार, अध्यागमन र क्वारेन्टाइनसम्बन्धी सबै सुविधा उपलब्ध हुने आईसीपी ल्याण्ड पोर्ट (भू–बन्दरगाह) पनि हो । यसमा यात्रु तथा पर्यटकहरुले पनि सुविधा पाउँछन् । खासगरी सीमामा बोर्डर लिंक गराउने संरचनाले तीन क्षेत्र समेटेको हुन्छ । यसबाट बोर्डर सेक्युरिटी (सीमा सुरक्षा), इमिग्रेसन (अध्यागमन) र कार्गो हेल्डिलिङ्सको काम हुन्छ ।
योसँगै क्वारेन्टाइनको काम पनि आईसीपी क्षेत्रमै हुनुले व्यवसायीले बढी फाईदा लिन सक्छन् । मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले एकै ठाउँबाट धेरै काम हुने भएपछि झण्झट कम भएको बताउनुभयो ।
यही ठाउँबाट पशुपंक्षी तथा खाद्यान्नको परीक्षण पनि हुनेछ । विराटनगर आईसीपीमा पाँच सय मालबाहक ट्रक आउ–जाउ गर्न सक्ने क्षमताको रहेको निर्माण कम्पनीको दाबी छ । रेफ्रिजिनेरेटर सुविधासहितको गोदाम घर र सिसी टिभीको सुरक्षा निगरानीमा रहेको बिराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले बताउनुभयो ।
आयात निर्यातको कार्यलाई सरल र सहज होस भनेर एकै ठाउँबाट एकीकृत सेवा उपलब्ध गराईएको छ । यसबाट नेपालतर्फको मात्र नभई भारततर्फ निकासी हुने मालबस्तु पठाउन सजिलो हुने नेपालस्थित भारतीय दूतावासका प्रथम अर्थसचिव प्रभजितसिंह गुलाठीले जानकारी दिनुभयो ।
आईसीपी निर्माण गर्न नेपाल र भारत सरकारबीच १६ मार्च २०१७ मा सम्झौता भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।