दाङमा स्कुल भ्यानले ठक्कर दिँदा डेढ वर्षीया बालिकाको ज्यान गयो

 माघ १७, २०७६ शुक्रबार २०:३८:३१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ लमहीकाे गोरखा बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । 

गोरखा समूहद्धारा सञ्चालित बोर्डिङ स्कुलको रा १ क १०२८ भ्यानले ठक्कर दिँदा उनकाे घटनास्थलमै ज्यान गएको हाे । ज्यान गुमाउनेमा लमही नगरपालिका वडा नम्बर-६, देउपुरकी डेढ वर्षीया सखिना खातुन रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सडकमा खेलिरहेकी बालिका भ्यान आएपछि विद्यालयबाट फर्किएका आफ्ना दाईतर्फ जाँदै गर्दा भ्यान अघि बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । 

गाडी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रम्ख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया