दुई महिनापछि प्रदेश-२ मा सरकार वा मन्त्री परिवर्तन : मन्त्री यादव

 माघ १७, २०७६ शुक्रबार १९:११:३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - प्रदेश-२ मा सरकार परिवर्तन वा मन्त्री फेरबदलको सम्भावना बढेको छ ।

प्रदेश-२ मा सरकार परिवर्तन हुने चर्चा जोडतोडका साथ भइरहेको बेलो आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुई महिनापछि सरकार परिवर्तन वा फेरबदल हुने सम्भावना रहेको बताउनु भएको छ ।

उज्यालोसँग कुरा गर्दै मन्त्री यादवले सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेतृत्वकर्ताहरुको छलफल अनुसार सरकार परिवर्तनको सम्भावना कम रहे पनि मन्त्री फेरबदलको सम्भावना बढिरहेको बताउनु भएकाे हाे ।

उहाँले भन्नुभयाे, जनताले अपेक्षा गरे अनुसारका प्रदेश सरकारका मन्त्रीहरुले काम गर्न नसकिरहेको गुनासो आइरहेका कारण दुवै पार्टीका शीर्षस्थ नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । तर दुई महिनापछि सरकारको वार्षिकी मनाएपछि परिवर्तन नभए पनि मन्त्री फेरबदल हुने सम्भावना प्रबल रहेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो आम मधेशी जनताको म्यान्डेट पाँच वर्षसम्म यो सरकार चलोस भन्ने रहेको छ, तर कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्री फेरबदलको सम्भावना रहेको छ ।

मन्त्री फेरबदलको निर्णय केही महिनाअघि राजपाको जनकपुरधाममा बसेको बैठकबाट भएकाे भए पनि किन परिवर्तन नभएकाे भन्ने कुरा राजपा नेपालकै नेताहरुलाई थाहा होला भन्दै अनभिज्ञता प्रकट गर्नुभयाे ।।

प्रदेश २ सरकार राजपा नेपाल र समाजवादी पार्टीको गठबन्धनको सरकार हो । मुख्यमन्त्री सहित चारवटा मन्त्रालय समाजवादीले पाएको छ भने तीनवटा मन्त्रालय राजपाले पाएको छ । राजपा नेपालका राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुले मन्त्री फेरबदल गर्न पटक पटक आवाज उठाउँदै आएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया