चीनकाे हुवेइमा रहेका सबै नेपालीलाई  जहाज चार्टर  गरेर नेपाल ल्याइने : फाराम भर्न आग्रह

 माघ १८, २०७६ शनिबार १७:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ ।

बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भैरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ ।

फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ ।

वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएकाे तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसै अनुसार गर्न पनि दूतावासले भनेको छ । 

फारामका लागि लिङक :

https://cn.nepalembassy.gov.np/?p=3053

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • Rajesh Hamal

    Feb. 1, 2020, 10:47 p.m.

    This is not good👎🏻 Who told them to go there. We might get infection. Please do not bring them back in Nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया