चीनबाट आउनेलाई अस्ट्रेलियाले प्रवेशमा रोक लगायाे

 माघ १८, २०७६ शनिबार १८:१५:२० | रासस
unn.prixa.net

अस्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । 

अस्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न नदिने शनिबार घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । चीनमा पहिलोपटक देखिएको नोवेल कोरोना भाइरस अहिले विभिन्न फैलिन थालेपछि त्यसलाई नियन्त्रण गर्नका लागि अस्ट्रेलियाले यस्तो निर्णय लिएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भन्नुभयो, ‘अष्ट्रेलियाका नागरिक, अष्ट्रेलियाका बासिन्दा, उनीहरुमा आश्रित, कानूनी संरक्षक तथा अविभावकलाई मात्रै चीनबाट अस्ट्रेलिया आउन अनुमति दिइनेछ ।’ यो व्यवस्था शनिबारदेखि नै लागू भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले नाकाहरुमा यसका लागि सम्पूर्ण व्यवस्था गरिसकिएको र सरकारी अधिकारीहरु तथा प्राविधिक र विज्ञहरु पनि खटाइसकिएको बताउनुभयो । 

अस्ट्रेलियाको विदेश मन्त्रालयले आफ्ना नागरिकहरुलाई चीनको भ्रमणमा नजानसमेत सूचना जारी गरेको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया