दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृङ्खला श्रीलंकाले जित्यो

 साउन ७, २०७५ सोमबार १७:५३:३२ | एजेन्सी
unn.prixa.net

श्रीलंकाका रंगना हेराथले ६ विकेट लिएपछि दोस्रो टेस्टमा दक्षिण अफ्रिका १९९ रनले पराजित भएको छ ।

योसँगै श्रीलंकाले २–० ले टेस्ट सिरिज कब्जा गरेको छ । श्रीलंकाले सन् २००६ पछि दक्षिण टेस्ट सिरिजमा अफ्रिकालाई पहिलो पटक पराजित गरेको हो ।

पहिलो टेस्ट श्रीलंकाले २७८ रनले विजयी भएको थियो । जितका लागि श्रीलंकाले दिएको ४९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफिकाको टिम चौथो दिनमा २९० रनमा समेटिएको थियो ।

१३९ रनबाट चौथो दिनको खेल सुरु गरेको अफ्रिकाले टी डे ब्रुइन र तेम्बा बावुमाले इनिङ्सलाई सम्हाल्न खोजे पनि बावुमा ६३ रनमा आउट भएका थिए ।

त्यसपछि क्विन्टन डी कक र ब्रूइन पनि आउट भएपछि अफ्रिकाको पारी लड्खडाएको थियो । ब्रूइनले अफ्रिकाबाट यस सिरिजमा एक मात्र शतक बनाउने खेलाडीको रुपमा पारी सम्हाल्न खोजेका थिए तर हेराथले आउट गरे ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया