सुरु भयो कोशीटप्पु महोत्सव , हात्ती चढेर पुगेका मुख्यमन्त्रीद्वारा उद्घाटन

 माघ २०, २०७६ सोमबार ६:१७:२० | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी - सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री शेरधन राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयाे । 

संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवलाई कोशी टप्पु वन्यजन्तु आरक्षणमा पर्यटक बढाउने उद्देश्यको रुपमा हेरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकले थाम्नै नसकेको अवस्थामा कोशीटप्पुमा पर्यटक ल्याउने उदेश्य रहेको पालिकाले जनाएको छ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर पालिकाले महोत्सव सुरु गरेको हो । महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जङ्गल सफारीसम्मको व्यवस्था गरिएको छ ।

आन्तरिक सहित ५० हजार भारतीय, तेस्रो देशबाट समेत जोडिने गरि एक लाख पर्यटक भित्र्याउने उदेश्य रहेको गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले जानकारी दिनुभयोे । चराहरुको राजधानीको रुपमा चिनिएको कोशीटप्पु क्षेत्रमा विदेशी पर्यटक बढाउनको लागि यस्ता कार्यक्रमले आकर्षणा थप्ने मुख्यमन्त्री राईले बताउनुभयो । 

उहाँले प्रदेशको पर्यटक भित्र्याउने कोशीटप्पु एउटा उत्कृष्ट गन्तव्य भएको जानकारी दिँदै यस पर्यटकीय क्षेत्रलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको दाबी गर्नुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले  स्थानीयवासी, कोशीटप्पु बन्यजन्तु आरक्षबीचको सम्बन्ध सुधार भई एउटा नमूनाको रुपमा काम शुरु गर्नुपर्ने दिन आएको बताउनुभयो । 

आइतबारदेखि सुरु भएको कोशीटप्पु महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया