एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ ।
लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायाे । विराटनगरका लाेकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस साेलले ४ बलमा नटआउट १४ रन बनाए । विराटनगरले २० अतिरिक्त रन पायो । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १/१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए ।
प्रतियाेगितामा विराटनगरकाे याे पहिलाे जीत हाे । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएकाे थियाे । लुम्बिनीकाे याे पहिलाे खेल हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।