एनपीएलमा पोखरा र जनकपुर तथा काठमाण्डौ र सुदूरपश्चिमको खेल आज

 मंसिर २०, २०८१ बिहीबार ६:५८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई वटा  खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्ससँग खेल्दैछ । यसअघि पोखरा चितवन राइनोजसँग पराजित भएको टोली हो भने जनकपुरले अहिलेसम्म खेलेका दुईवटै खेल जितेको छ ।

आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यसअघि जनकपुरसँग हारेको काठमाण्डौले हिजो कर्णाली याक्सलाई पराजित गरेको छ । सुदूरपश्चिम भने विराटनगर किंग्सलाई हराएको टोली हो । 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया