रोनाल्डो भन्दा महंगोमा कान्टेलाई कसले किन्दैछ ?

 साउन ७, २०७५ सोमबार १८:३१:१३ | एजेन्सी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पीएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ । फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए ।
कान्टेलाई भित्र्याउने तयारीसँगै पीएसजीले अर्जेन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ ।

यदि चेल्सीले राखेको मूल्यमा कान्टे पीएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ । 

रियल मड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्टसमा बेचेको थियो । क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिड हाजार्डलाई आफ्नो क्लबमा भित्र्याउने अभियान थालेको छ ।
 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया