चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – इस्लामिक देशहरुको सङ्गठन अर्गनाइजेशन अफ् इस्लामिक को–अपरेशन (ओआईसी) ले मध्य–पूर्वलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनालाई अस्वीकार गरेको छ ।
ओआईसीले आफ्नो ५७ सदस्य देशसँग ट्रम्पको शान्ति योजनालाई लागू गर्न कुनै पनि हालतमा मद्दत नगर्न भनेको छ ।
विश्वका झण्डै डेढ अर्ब मुसलमानहरुको प्रतिनिधित्व गर्ने सङ्गठनले सोमबार बसेको बैठकपछि भन्यो, ‘ओआईसी अमेरिकी–इजरायलको योजनालाई स्वीकार गर्दैन किनकि यसले प्यालेस्टाइनका नागरिकको वैध अधिकार र आशालाई पूरा गर्दैन र शान्ति प्रक्रियाको शर्तहरुको पनि उल्लङ्घन गर्छ ।’
अमेरिकी योजनाअनुसार पूरै जेरुसेलम शहरमा इजरायलको अधिकार हुनेछ र इजरायलले प्यालेस्टाइन जमिनमा बसेको यहुदी बस्तीलाई आफ्नो नियन्त्रणमा लिन सक्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएकाे जनवरी २९ मा लामो समयदेखि अपेक्षा गरिएको मध्य–पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका थिए ।
ट्रम्पले आफ्नाे मध्य–पूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गरेका थिए । उनले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भएकाे बताएका थिए ।
ट्रम्प र नेतान्याहु दुवैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेकाे बेला शान्ति याेजना घाेषणा भएकाे हाे । राजनीतिक विश्लेषकहरूले योजनालाई दुवैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिका रूपमा अर्थ्याएका छन् ।
शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेस्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ ।
झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेस्टिनीबीचको विवादलाई अन्त्य गर्ने योजना जस्तो मान्न सकिन्छ । योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्साले प्यालेस्टिनी राज्यले दाबी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ ।
योजनामा इजरायली र प्यालेस्टिनी समुदायको बस्तीहरूलाई जोड्न दुवै पक्षले अनुकुलताअनुसार पुल, सुरूङ तथा सडक मार्गमा जाेड दिएका छन् , जसलाई ‘व्यवहारिक यातायात समाधान’ भनिएको छ । यसो गर्दा वेस्ट ब्याङ्कको एक चौथाइ जमिन रहेको जोर्डन उपत्यकामा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ ।
सम्बोधनका क्रममा ट्रम्पले भनेका थिए, ‘आजको सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो । ७० वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ ।’
इजरायली नेता बेन्जामिन नेतन्याहुको यहुदी बस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेस्टिनीहरुकाे आफ्नो स्वतन्त्र राज्य निर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको छ ।
योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भएकाे भनेका छन् । ‘यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत योजना हो’, नेतान्याहुले भनेका छन् ।
संसारको सबैभन्दा लामो समयदेखि चलिरहेकाे द्वन्द्वलाई समाधान गर्न प्रस्तावित योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो । ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गरेका छन् ।
अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालेस्टिनी समुदायविरूद्धको ‘षड्यन्त्र’ भन्दै अस्वीकार गरेका छन् । ‘म ट्रम्प र नेतान्याहुलाई भन्छु । जेरूसलेम बिक्रीमा छैन । हाम्रा सबै अधिकार बिक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षड्यन्त्र सफल हुँदैन’ रमल्लाहमा टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भनेका थिए ।
गएकाे मङ्गलबार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टिनीहरूले विरोध प्रदर्शन गरेका थिए । योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ ।
साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरे पनि साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका थिए ।
इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता फेरि सुरु गर्न आह्वान गरेको थियाे । इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् आह्वान गरेको हाे ।
तर जोर्डनले भने मध्य–पूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ । इजरायलले वेस्ट ब्याङ्क तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो ।
लेबननमा रहेकाे इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।