स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरसका कारण चीनबाट आउने पर्यटक घट्ने भएपछि नेपालले वैकल्पिक बजार खोज्ने भएको छ ।
काठमाडौमा भएको पत्रकार सम्मेलनना होटल एसोसिएशन अफ् नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले चीनले कोरोना भाइरस फैलन नदिन सतर्कता अपनाएकाले नेपाल आउने पर्यटक कम आउने देखिएकोले अर्को बजार खोज्ने बताउनु भएको हो ।
नेपालको दोस्राे ठूलो पर्यटक बजार रहेको चीन भाइरसबाट प्रभावित भएकाले मध्य–पूर्व, दक्षिण–पूर्वी एसिया र खाडीका पर्यटक तान्न पहल गर्ने राणाले बताउनु भयो । नेपालमा भाइरसको सङ्क्रमण नभएको र यहाँ भएका हल्लालाई कम गर्दै पर्यटक ल्याउनुपर्ने उहाँको भनाइ छ ।
नेपालको पर्यटन क्षेत्रले पहिले पनि यस्ता समस्या भोगेको र समाधान गरेकाले अहिले पनि समाधान हुने राणाले बताउनु भयो ।
कार्यक्रममा नेपाल भ्रमण वर्षका लागि राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सुरुमै फैलिएको प्रकोपले भ्रमण वर्षको लक्ष्यमा समस्या पर्न सक्ने बताउनु भयो । भाइरसले विश्वभर प्रभाव देखिएकाले अबको तीन महिना नेपाल पर्ख र हेरको अवस्थामा बस्ने र त्यसपछि कदम चाल्ने बताउनु भयो ।
वैद्यले वैकल्पिक गन्तव्यको पनि खोजी भैरहेको बताउनु भयो । भाइरसको कारण होटलले ठूलो मार बेहोरेको भन्दै उहाँले यसविरुद्ध सबै क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताउनु भयो ।
होटल एसोसियशन अफ् नेपालका उपाध्यक्ष विनायक शाहले नेपालमा कोरोनाबारे धेरै हल्ला भएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमणको हल्ला नफैलाउन आग्रह गर्नुभयो ।
हान र भ्रमण वर्षको सचिवालयले चीनमा भएको प्रकोपप्रति दुःख व्यक्त गर्दै भाइरस अन्त फैलन नदिन अपनाएको सतर्कता स्वागतयोग्य रहेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।