नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
धनुषा - प्रदेश २ काे प्रदेश सभा गठन भएकाे दुई वर्ष पूरा हुँदा जम्मा २३ वटा मात्र कानुन बनेका छन् ।
प्रदेश सभाले पहिलो एक वर्षमा १६ वटा कानुन निर्माण गरेको थियो भने दोश्रो वर्षमा मात्र ७ वटा कानुन निर्माण गर्न भ्याएको छ । दुई वर्षको अवधिमा ४६ वटा विधेयक प्रस्तुत भएकोमा २३ वटा पारित हुन सकेको हो भने अन्य विधेयक दर्ता भएर थन्किएकाे र केही छलफलको क्रममा रहेको प्रदेश सभाले जनाएको छ ।
प्रदेश सभा सचिवालयका प्रमुख रञ्जित यादवले जनाए अनुसार अहिलेसम्म ४६ वटा विधेयक दर्ता भएकोमा २३ वटा पारित भइसकेको, १६ वटा सभामा छलफलको क्रममा रहेको भने ७ वटा विभिन्न समितिमा पेश भएको छ ।
उहाँका अनुसार प्रदेश सभा नियमित रुपमा सञ्चालन हुन नसक्दा विधेयक पारितमा ढिलाई हुन गएको हो । सभाको बैठक नियमित रुपमा संचालनमा आएपछि धमाधम पारित हुनेछ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार व्यवस्थित रुपमा सञ्चालनका लागि ९९ वटा कानुनको पहिचान गरिएको छ । जसमध्ये २३ वटा पारित भइसकेको छ भने २७ वटा कानुन दर्ता भई छलफलको क्रममा रहेको र अन्य ६ वटा कानुन विभिन्न समितिमा सहमतिको अन्तिमको चरणमा रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार ती छलफलका क्रममा रहेका कानुनमध्ये १५ वटा विधेयकमा सभाको बैठकमा छलफल भई पारितको अन्तिम चरणमा रहेका छन् । संसद संचालन हुने बितिकै धमाधाम पारित हुनेछ । प्रदेश सरकार संचालनका लागि महत्वपूर्ण कानुनहरु मध्ये अधिकांश पारित भइसकेको र अन्य अन्तिम चरणमा रहेकोले सरकार व्यवस्थित रुपमा सञ्चालन हुनेछ ।
मन्त्री यादवले आफूहरु अहिले सिकाइको क्रममा रहेकाे र कर्मचारी अभाव, उप निर्वाचन तथा बीच बीचमा सबै दलका माननीयहरुको मनोकांक्षा पूरा हुन नसकेकाले कानुन निर्माणमा ढिलाइ भएकाे जानकारी दिनुभयाे ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।