काेराेना भाइरस : विश्वव्यापी रुपमा भाइरसकाे सङ्क्रमण राेक्ने अवसर– विश्व स्वास्थ्य सङ्गठन

 माघ २२, २०७६ बुधबार ६:५९:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोना भाइरस विश्वव्यापी रुपमा भाइरसको सङ्क्रमण रोक्न एउटा अवसर भएको बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आधानम घब्रेयसियसले चीनले कोरोना सुरु भएको ठाउँमा भाइरससँग लड्न गरेको प्रयास सराहनीय भएको समेत बताएका छन् ।

महानिर्देशक टेड्राेसले यस्ता प्रयासबाट नयाँ जानकारीहरु प्राप्त भएकाे र अब हुने नयाँ सङ्क्रमण रोक्न यो एउटा अवसर भएकाे जानकारी दिए । सङ्क्रमण रोक्न प्रभावकारी काम नगरेको भन्दै चीनमै सरकारको आलोचना भैरहेको बेला डब्ल्यूएचओले भने प्रयासहरुको प्रशंसा गरेको हो ।

कोरोनाकोक कारण चीनमा ४ सय ९० जनाको ज्यान गएको छ भने चीनबाहिर २ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया