बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
सुनसरी – प्रदेश सभाको स्थापना भएको दुई वर्ष पूरा भएको छ । प्रदेश १ को संसदीय अभ्यास सुरु भएको २५ महिना अर्थात ७३१ दिन पूरा भएको छ । यस अवधिमा १८० वटा बैठक बसेका छन् ।
प्रदेश सभाको स्थापनासँगै सुरु भएको प्रदेशको संरचना र कानून निर्माणको कुरा पनि तिव्र गतिमा अगाडि बढेको बताईन्छ । प्रदेशसभाबाट अहिलेसम्म ३९ वटा कानुन निर्माण भईसकेको र पाँचौ अधिवेशनका लागि ४ वटा विधेयक टेबुल भएको प्रदेश सभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।
प्रदेशको नाम दिन नसक्दा पछुतो
दुई वर्षकाे अवधिमा प्रदेश सभाबाट प्रदेशको नाम अझै पहिचान पाएको छैन । प्रदेशलाई १ नै भनेर चिनाउनु पर्दा सभाका सभामुख प्रदिपकुमार भण्डारीलाई पनि चित्त बुझेको छैन ।
‘यस अवधिमा अनुभव प्राप्त भएको छ । अनुभव गर्दा केही समय बित्यो । संसद भनेको परम्परा, अभ्यास, नियमावली, नीति र संविधानको आधारमा चल्ने रहेछ ।’सभामुख भण्डारीले भन्नुभयो । अब व्यवस्थित र व्यवहारिक रुपमा अगाडि बढ्न सहज भएको सभामुख भण्डारीको तर्क छ ।
सुरुका दिनमा कर्मचारीको अभाव, भौतिक संरचनाको अभाव, कानूनी जटिलताले गर्दा प्रदेश सभाले निक्कै अप्ठेरो ब्यहोर्नु परेको सभामुख भण्डारी सम्झनुहुन्छ । सभामुख भण्डारीले भन्नुभयो, ‘हिउँदे अधिबेशन बिहीबारदेखि सुरु हुँदैछ, यही अधिवेशनबाट नाम राख्नु पर्छ भनेर तिब्र रुपमा गृहकार्य गरिरहेका छौ ।’
प्रदेशसभा प्रविधिमा
प्रदेशले नयाँ प्रविधिको प्रयोगलाई जोड दिइरहेको छ । दुई वर्ष पूरा गरेको अवसरमा संसद भवनमा आयोजित एक कार्यक्रमका बीच प्रदेश सभाको नयाँ वेवसाईट, एप समेत सार्वजनिक भएको छ ।
साथै पाँचौ अधिवेशनदेखि प्रदेश सभाको बैठकको सम्पूर्ण विवरण यूट्युबबाट समेत लाइभ गर्ने तयारी भएको छ । सभामुख भण्डारीले मोबाइल एप र वेबसाइट सार्वजनिक गर्नुभयो ।
अब प्रदेश सभा र सचिवालयमा हुने सबै गतिविधिलाई तत्काल वेबसाइटमा राख्नेगरी काम सुरु भएको संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।