बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
मोरङ – प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएको छ । प्रदेश १ सभामा बिहीबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रदेशको नामलाई प्रवेश गराउनु पर्ने संसदहरुले आवाज उठाएका छन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका नेताहरुले बोल्ने क्रममा प्रदेशको नाम यसै अधिवेशनबाट टुङ्ग्याउनु पर्ने बताएका हुन् ।
संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेले प्रदेश सभाको पाँचौ अधिवेशन सुरु भईसकेको अवस्थामा समेत प्रदेशले नाम पाउन नसकेको अवस्थामा अधिवेशनले पहिचानको आधारमा नाम दिनु पर्ने बताउनुभयो ।
राप्रपाकी सांसद इन्दिरा राईले नामाकरणको नाममा अधिवेशनमा पेश हुने विस्वाश व्यक्त गर्दै सबैलाई समेट्ने गरी नामाकरण गरिनुपर्ने बताउनुभयो ।
समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पहिचानको विषय अहिले पनि उठेको अवस्थामा प्रदेशको नामराख्दा सबैलाई मान्य हुने गरी राख्न सुझाव दिनुभयो ।
नाम राख्ने विषय ढिलो भएकोमा ढिलो भएको स्मरण गर्दै यादवले जनताको भावनाको आधारमा नाम राख्न उपयुक्त हुने दोहोर्याउनुभयो । उहाँले संविधानको मूल मर्म र भावनालाई ख्याल गर्न पनि दलहरुलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सरकारले प्रदेशको नामको बिषयमा प्रदेश सरकारले चासै नदिएको पो होकी भन्ने आशंका व्यक्त गर्नुभयो ।
उहाँले नामकोभन्दा पनि अधिकारको विषयलाई जोड दिनुभयो ।
उहाँले कानुन निर्माणमा अब्बल रहको प्रदेश सभाले बनाएको कानुन कार्यान्वयन भए नभएको प्रभावकारी अनुगमनको खाँचो रहेको औंल्याउनु भयो ।
सहमतिमा नाम
प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा संसदीय दलका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम सहमतीको आधारमा ल्याइने बताउनु भएको छ ।
प्रदेश सभाको चारवटा अधिवेशन सकिँदा पनि प्रदेशको नाम जुराउन नसकिएको स्वीकार गर्दै मुख्यमन्त्री राईले सबैको चासो र सरोकारको विषय भएकोले ढिला भएको सदनलाई जानकारी दिनुभयो ।
‘यो विषय सजिलो छैन’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘दुईवटा संविधान सभाले टुङ्ग्याउन नसकेर प्रदेश सभाको थाप्लोमा आएको हो ।’
प्रदेशको नाम यो हिउँदे अधिवेशनबाट प्रवेश गर्ने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
प्रदेशको नाम सहमतिको आधारमा तय गर्नको लागि औपचारिक र अनौपचारिक रुपमा छलफल गरेर सहमतिको बिन्दु पहिल्याउने काम भइरहेको साथै प्रदेशको राजधानीसँग सम्बन्धित संरचना निर्माण गर्नको लागि जमिन खोज्ने र संरचना निर्माण गर्ने काम पनि सुरु हुने राईले बताउनु भयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।