नेपाल आउने पर्यटक घटे, पोहोरभन्दा २५ हजार कम !

 माघ २६, २०७६ आइतबार १६:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले २० लाख पर्यटक ल्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइ रहे पनि नेपाल आउने पर्यटकको सङ्ख्या भने घटेको छ ।

सन् २०१९ को जनवरी महिनाको तुलनामा सन् २०२० को जनवरीमा नेपाल आउने पर्यटकको सङ्ख्या झण्डै २५ हजारले घटेको अध्यागमन विभागले जनाएको छ ।

सन् २०१९ को जनवरी महिनामा ९१ हजार सात सय पर्यटक नेपाल आएकोमा यो वर्षको जनवरी महिनामा ६७ हजार २० जना पर्यटक मात्रै नेपाल आएका छन् । यो सङ्ख्या गएको वर्षको जनवरी महिनाको तुलनामा २४ हजार ६ सय ८० जनाले कम हो ।   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएका पर्यटक र स्थलमार्ग हुँदै आएका भारतबाहेक तेस्रो देशका पर्यटकको सङ्ख्या गन्ती हुने र याे वर्षकाे जनवरीमा ६७ हजार २० जना आएको अध्यागमन विभागले जनाएको छ । 

जनवरीमा भारत र चीनका पर्यटक केही बढे पनि अन्य देशबाट आउने पर्यटक घटेको विभागले जनाएको छ । हवाइ र स्थलमार्ग हुँदै जनवरीमा चीनबाट १३ हजार ९ सय ५८ जना पर्यटक नेपाल आएका थिए । 

जनवरीभन्दा फेव्रुअरी महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या झन् कम हुँदै गइरहेको पनि अध्यागमन विभागले जनाएको छ । चीनबाट फैलिएको कोरोना भाइरसको कारण पर्यटक घटेको हुनसक्ने अनुमान रहेको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया