कोरोनाविरुद्ध लड्न काठमाण्डाैमा ‘हामी साथमा छौँ’ कार्यक्रम : चिनियाँ राजदूतद्वारा सराहना

 माघ २९, २०७६ बुधबार १९:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नोबल कोरोना भाइरसविरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाण्डौमा ‘हामी साथमा छौँ’ कार्यक्रम आयोजना गरिएको छ । 

ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको कार्यक्रममा नेपाल र चीनको झण्डा बनाइ मैनबत्ती बालेर ‘हामी साथमा छौँ’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौँ भन्ने सन्देश दिइएको छ ।

चीन/नेपाल छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्ने छ विश्वास नेपालले गरेको र नेपाल सँधै चीनको साथमा छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गर्नुभयो ।

उहाँले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने बताउनुभयो । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइरस नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताउनुभयो ।

उहाँले चीनले महामारीसँग लड्दै आएको र यसलाई छिट्टै जित्ने र त्यसका लागि हामी साथमा छौं भन्ने सन्देश दिन चाहेको बताउँदै नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताउनुभयो । यस बाहेक चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारी तीव्र बनाएको उहाँकाे भनाइ थियाे। 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया