रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाडौं – बाल यौन दुराचारमा संलग्न २ जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ परेका छन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्धय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको हो ।
काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा रहेको एक घरमा डेरा गरी बसेका उनीहरुमाथि झण्डै २२ दिनको निगरानीबाट बाल यौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरिएको ब्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो ।
प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ गरिएको ब्यूरोद्वारा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ब्यूरोले निजहरुले स्थानीय १० देखि १४ वर्षका बालकहरुलाई फुटबल, चक्लेट, स्र्पोर्टस् ड्रेस किनिदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो बच्चाहरुलाई यौन दुराचार गरेको पनि जनाएको छ ।
पीडितहरुले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको पनि ब्यूरोका निर्देशक खड्काले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।