१५२ वर्षपछि यस्तो भयो : १८ रनमै अलआउट

 साउन ८, २०७५ मंगलबार २२:१२:५१ | एजेन्सी
unn.prixa.net

समयसँगै क्रिकेट खेलको प्रारुपमा मात्रै परिवर्तन होइन, यसका उच्च स्कोरिङ पनि हुँदै आएको छ । केही महिना अगाडि इंग्ल्याण्डले ४ सय ८१ रन बनाउँदै एकदिवसीय क्रिकेटमा एउटा इतिहास बनाएको थियो । 

तर मंगलबार क्रिकेटमा एउटा त्यस्तै समाचार आयो जसले १५२ वर्ष पुरानो रेकर्ड तोडिदिएको छ । इंग्ल्याण्डको शेफर्ड नेम क्रिकेट लिगमा बेकनह्याम क्रिकेट क्लबले लज्जास्पद अवस्थाको सामना गर्नुपरेको छ । बेकनह्याम क्रिकेट क्लबले १८ रन बनाएर सबै विकेट गुमायो । 

टस जितेर पहिले ब्याटिङ रोजेको बेकनह्यामको पारी ४९ मिनेटमै सकिएको थियो । टोलीका पाँच खेलाडीले त खाता खोल्नै सकेनन् । तीन रन अतिरिक्त रनका रुपमा पाएका थिए । बेकनह्याम ११ ओभर २ बलमा सबै विकेट गुमाउँदै १८ रनमा अलआउट भयो । 

१९ रनको विजयी लक्ष्य पाएको बेक्सले क्रिकेट क्लबले बिना विकेटको क्षतिमा ३ ओभर ३ बलमा लक्ष्य भेट्टायो । एडन ग्रिग्सले १२ रन तथा क्रिस्टोफर लासले ४ रन बनाए । 

यसका साथै बेकनह्याम क्रिकेट क्लबको १५२ वर्षको इतिहासमा यो सबैभन्दा कम स्कोर हो भने यो प्रतियोगिताको इतिहासमा पनि मंगलबार सबैभन्दा कम स्कोर बनेको हो ।  

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया