फोर्ब्सकाे घोषणा : एलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति
मंसिर ९, २०८१ आइतबार
धनुषा - मिथिला नगरपालिकाका दिलीप महतोको हत्या आरोपमा रिहा भएर फेरि पक्राउ परेकाहरुको रिट खारेज भएको छ ।
दिलिपको हत्या आरोपमा जिल्ला अदालत धनुषाबाट गएको बुधबार २५-२५ हजार रुपैयाँ धरौटीमा रिहा भएका क्रसर उद्योग सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो, बृजमोहन भनिने शत्रुधन महतो र रोशन यादवलाई तत्कालै प्रहरीले अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।
गएको शुक्रबार नै तीनै जना आरोपितका आफन्तले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय धनुषालाई विपक्षी बनाइ बन्दीप्रत्यक्षीकरणकाे रिट दायर गरेका थिए । त्यस रिटमा सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश बालकृष्ण उप्रेती र उज्ज्वल शुक्लको संयुक्त इजलासले खारेज गर्ने फैसला गरेको हो ।
गएकाे पुस २५ गते बिहान धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतोलाई घरनजिकैको औरही खोलामा अवैध खोला उत्खनन रोक्न गएको बेला टिपरले कुल्चाएर हत्या गरिएको थियो ।
दिलिपको हत्या आरोपमा पक्राउ परेका ६ जनामध्ये धनुषा जिल्ला अदालतले गएको बुधबार चुरियामाई प्रशोधन क्रसर सञ्चालक विपिन महतो, कुल्चने टिप्पर चालक मुनिन्द्र महतो र लोडर चालक रञ्जित भनिने जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
त्यसै घटनामा अन्य आरोपित भनिएका सत्यनारायण, बृजमोहन र रोशनलाई घटनामा प्रत्यक्ष संलग्नता नदेखिएको भनी अदालत २५–२५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको थियो ।
जिल्ला अदालतको आदेशलगतै धरौटी बुझाएर साधारण तारेखमा छुटेका रोशन, सत्यानारायण र शत्रुधनले होहल्ला गरेपछि शान्तिसुरक्षा भंग गरेको आरोपमा प्रहरीले केहि समयमै अदालत परिसरबाटै फेरि पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्ति सुरक्षाको कसुर अन्तर्गत रिहा भएलगतै फेरि तीनै जनालाई पक्राउ गरी शुक्रबार जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।