पितृसत्ता अझै केही वर्ष टिक्छ : नवनियुक्त कानुनमन्त्री तुम्बाहाङ्फे

 फागुन ७, २०७६ बुधबार २०:४७:१८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुकमा राजसंस्था फाल्न सके पनि पितृसत्ता अझै केही वर्ष रहिरहने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा बुधबार दिउँसो सञ्चारकर्मीसँगको कुराकानीमा  नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले पितृसत्ताको जरो उखेलिन अझै केही वर्ष कुर्नुपर्ने बताउनु भएको हो ।

‘यो धेरै वर्षदेखि गडेर बसेको हो, म खुलेर भन्छु, हामी पितृसत्ता हटाउने स्थान सम्म पुगेकै रहेनछौँ,’ उहाँले भन्नुभयाे, ‘यसका लागि नेपालका हामी नेतृत्व मात्र नभइ नागरिकमा चेतनाको विकास आवस्यक छ ।’

पितृसत्ता संस्थापक रुपमा विकास भएको उहाँको भनाइ छ। यसको प्रभाव महिलामा मात्रै नभइ पुरुष र सिंगो समाजमा परेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिनुभयो ।

न्याय क्षेत्रको सुधारका लागि मन्त्री तुम्बाहाम्फेले सामान्य नागरिकमा समेत न्यायको महसुस र न्यायालयसम्म सजिलै पुग्ने वातावरण बनाउने दावी गर्नुभयो  । 

उपसभामुखबाट सभामुख हुन नसकी पदबाट राजीनामा दिनुलाई पाटीले पदच्यूत गरेको भनेर बुझ्न नहुने भन्दै उहाँले आफूलाई पार्टीले अन्याय गरेको महसुस नभएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया