काेराेना सङ्क्रमण : चीनमा घट्दै, अन्यत्र बढ्दै

 फागुन १९, २०७६ सोमबार १२:२३:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – काेभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ५३ पुगेको छ । सङ्क्रमण सुरु भएको चीनमा दुई हजार ९ सय १२ जना र चीनबाहिर एक सय ४१ जनाको ज्यान गएको हो ।

चीनबाहिर इरानमा ७७, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको बीबीसीले जनाएको छ ।

चीनमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको छ । तर चीनबाहिरका देशमा प्रकोपको रुप लिन थालेको छ ।

कोरोनाबाट सङ्क्रमित भएकामध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ । अहिलेसम्म सङ्क्रमित भएकामध्ये ४५ हजार एक सय ४४ जना उपचारपछि घर फर्किएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाको सङ्क्रमितको मृत्युदर २ देखि ५ प्रतिशतको बीचमा रहेको जनाएको छ ।

तर शून्य दशमलव १ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लुको कारण बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया