उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
दाङ - दाङको घोराही उपमहानगरपालिका ४ का अध्यक्ष भिमबहादुर सार्कीविरुद्ध कार्यालय सहयोगलाई कुटपिट गरेको आरोपमा मुद्दा दायर भएको छ ।
वडा अध्यक्ष सार्कीले आफूलाई कार्यालयमा कुटपिट गरेको भन्दै सहयाेगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको हो ।
चौधरी वडा कार्यालयका स्थायी कर्मचारी हुनुहुन्छ । जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता नम्बर ४०४९ मा दर्ता भएकाे निवेदनमा वडा अध्यक्ष सार्कीले चाैधरीलाई तथानाम गाली गलौज गरी विनाकारण बारम्बार तर्साउने गरेकाे उल्लेख छ ।
चौधरीले यसअघि पनि वडा अध्यक्षले अपशब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको बताउँदै आउनु भएकाे थियाे । वडा अध्यक्ष सार्कीले आवेगमा घटना भएको भन्दै प्रहरी कार्यालयमा उजुरीमाथि छलफल भैरहेको बताउनुभयो ।
उहाँले स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षलाई खबर गर्न दिएको निर्देशन कार्यान्वयन नभएपछि घटना भएकाे स्वीकार्नु भएकाे छ । घटनबारे छलफलका लागि जिल्ला प्रहरी कार्यालय दाङले सोमबार दुबै पक्षलाई बोलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।