पाकिस्तानमा मुसलधारे वर्षा र बाढी, १७ जनाको ज्यान गयो

 फागुन २४, २०७६ शनिबार १९:५२:३१ | रासस
unn.prixa.net

काठमाण्डाै - पाकिस्तानमा मुसलधारे वर्षापछि आएको बाढीका कारण गएकाे २४ घण्टामा करिब १७ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा महिला तथा बालबालिका रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । देशको उत्तर-पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा वर्षाले सबैभन्दा नराम्रो प्रभाव परेको छ । 

डुबानका कारण त्यस प्रान्तका ग्रामीण इलाकामा १२ व्यक्तिको ज्यान गएको प्रान्तका विपत व्यवस्थापन अधिकारी जावद खलिलले बताउनुभयो । वर्षाका कारण पूर्वी पञ्जाब राज्य र दक्षिणपश्चिमी बालोचिस्तान राज्यमा दुई बालबालिकासहित झण्डै पाँच जनाको ज्यान गएकाे उहाँले बताउनुभयो ।

भारी वर्षा र हिमपातका कारण पाकिस्तानका हिमाली तथा पहाडी क्षेत्रकाे जनजीव प्रभावित भएको छ । पाकिस्तानको मौसम विज्ञान महाशाखाले गएकाे सोमबार नै बुधबारदेखि देशका अधिकांश स्थानमा वर्षा हुने भन्दै सावधानीका लागि नागरिकलाई सचेत गराएको थियो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया