नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक

 फागुन २६, २०७६ सोमबार ९:३४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो । 

कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ । 

कतारमा अहिलेसम्म १५ जनामा कोरोनाकाे सङ्क्रमण पुष्टि भएको छ । कतारमा चार लाखभन्दा धेरै नेपाली छन् । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया