प्रधानमन्त्रीकाे स्वास्थ्य : नियमित खानपान, हिँडडुल र व्यायाममा निरन्तरता

 फागुन २६, २०७६ सोमबार १८:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ ।

गएको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीले नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिनुभएको डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भए पनि डिस्चार्ज गर्ने समय अहिले नै भन्न नसकिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । १२ वर्षअघि भारतकाे एपाेलाे अस्पतालमा प्रधानमन्त्री ओलीमाे पहिलाे पटक मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया