सुक्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध
फागुन १२, २०८१ सोमबार
काठमाण्डाै - आर्थिक अभावका कारण आँखा र कानको समस्या भएकी धादिङको धुनिबेशी नगरपालिका ३ की ११ वर्षकी नम्रता सापकोटाको उपचारमा समस्या भएको छ ।
उहाँको उपचारका लागि डाक्टरले १५ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर अहिलेसम्म ९ लाख रुपैयाँ मात्र रकम सङ्कलन भएको छ । नम्रताको उपचारका लागि अझै ६ लाख रुपैयाँ आवश्यक भएकाले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
नम्रताको उपचारका लागि अहिले दृष्टिविहिन तथा अपाङ्गता भएकाहरुका लागि काम गर्दै आएको उज्वल नक्षत्र समाजले पनि रकम सङ्कलनको काम गरिरहेको छ । समाजका अध्यक्ष वासुदेव अधिकारीले विज्ञप्ति निकालेर नम्रताको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्नु भएको छ ।
जलविन्दु हुनुभन्दा अगावै उपचारमा सहयोग गरिदिन पनि अध्यक्ष अधिकारीले आग्रह गर्नु भएको छ । नम्रताको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । जन्मजातै नम्रताको आँखामा समस्या आएको थियो ।
तर कानको समस्या भने २०७२ सालको भूकम्पमा पुरिएका कारण भएको हुन सक्ने आशङ्का गरिएको छ । भूकम्पमा घर भत्कदा पुरिएकी नम्रदाको पछि उद्दार गरिएको थियो । तर नम्रताको भाइको भने भूकम्पमा परेर ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।