प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
खोटाङ – म्याद नाघेको ८ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको एउटा पिलर तयार भएको छ ।
१८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल वैशाखमा जिम्मा लिएको पुलको बल्ल एकातर्फको पिलर उठाउने काम पूरा गरेको हो ।
२०७४ साल कार्तिकमै म्याद सकिएको पुलको लफ्याङतर्फको १२ मिटर उचाई भएको पिलर ठड्याउने काम पूरा भएको साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताउनुभयो ।
नेपाल सरकार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको २ करोड ३० लाख ३६ हजारको लागतमा पूरा गर्नेगरी ठेक्का लागेको पुल अलपत्र परेको लामो समयपछि ठेकेदारले गएको जेठ २ गते यता पिलर ठड्याउने काम थालेको थियो ।
वर्षा लागे पनि पुलको कामलाई निरन्तरता दिइने ठेकेदार कम्पनीका प्रतिनिधि बिराज आचार्यले बताउनुभयो ।
तत्कालीन जिविस र प्राबिधिक कार्यालयले खबरदारी नगरेका कारण ठेकेदारले पुल निर्माणको काममा ढिलाई गरेको गाउँपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।