नेकपा एसकाे देशव्यापी समाजवादी अभियान शुरू
चैत २, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । कोशीले दिएको २ सय ३१ रनको लक्ष्य आर्मीले १७ बलअघि नै ३ विकेट गुमाएर भेटायो । आर्मीका तृतराज दासले शतक बनाए । प्रतियोगितामा यो दोस्रो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक बनाएका थिए । तृतराज १ सय ३९ बलमा १ सय १२ रन बनाएर आउट भए । यस्तै बसिर अहमदले ६१ रन बनाए । कोशीका प्रकाश कार्की, सन्दीप ढुङ्गाना र भूपाल लुइँटेलले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कोशी ४९ ओभर ३ बलमा २ सय ३० रनमा अलआउट भयो । कोशीका सुभन गहतराजले ५१ रन बनाए । आर्मीका सोमपाल कामीले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो लगातार चौथो जीत हो भने कोशीको लगातार चौथो हार हो ।
यस्तै दाङको देउखुरी रङ्गशालामा भएको खेलमा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले हरायो । पुलिसले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर १ बलमा ९५ रनमै अलआउट भयो । मधेशका दिपेश दासले सबैभन्दा धेरै ३१ रन बनाए । पुलिसका ललित राजवंशीले ५ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४९ ओभर ५ बलमा २ सय ८८ रनमा अलआउट भयो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५ रन बनाए । मधेशका रुपेश सिंहले ४ विकेट लिए । प्रतियोगितामा पुलिसको यो लगातार चौथो जीत हो भने मधेशको तीन खेलमा दोस्रो हार हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।