टिप्परको ठक्करबाट बाँकेमा साइकल यात्रीको ज्यान गयाे

 फागुन २८, २०७६ बुधबार १८:४२:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्ज–कोहलपुर सडक खण्ड अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका-८, पिपरीमा टिप्परको ठक्करबाट बुधबार एक साइकल यात्रीको ज्यान गएको छ ।

रा १ ख २१८८ नम्बरको टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय रामपति थारुको उपचारका क्रममा शिक्षण अस्पतालमा ज्यान गएको हो ।दुर्घटनालगत्तै स्थानीय बासिन्दाले ठक्कर दिने टिप्पर चालकलाई मुद्धा चलाउनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै सडक अवरुद्ध पारेका थिए ।

घटनालगत्तै प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अनुसार मुद्धा चलाउने सहमति भएपछि आन्दोलन स्थगित भएको थियाे  ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया