लघुवित्तको डेढ करोड रुपैयाँ हिनामिना गर्ने २ कर्मचारी पक्राउ

 फागुन २९, २०७६ बिहीबार १५:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित वित्तीय संस्थामा डेढ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुले पिपरामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्थाकाे उपशाखाको एक करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेका हुन् । मोरङको ग्रामथान गाउँपालिकाका बद्रीनारायण तवदार र जहदा गाउँपालिका ३ का दीपककुमार कर्णलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । 

तवदार नेरुडे लघुवित्तका वरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक पदमा कार्यरत छन् । पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा, किस्ता र ब्याज रकम असुलेकाे देखिएको छ ।

रकम हिनामिनामा अन्यको पनि हात रहेको आशङ्कामा वित्तीय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि उच्च निगरानी राखिएकाे प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया