जिल्ला अदालतकाे तथ्यांकमा धनकुटामा मागी विवाह बढी असफल

 साउन १०, २०७५ बिहीबार १७:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा – जिल्ला अदालत धनकुटाले मागेर गरिने विवाह बढी असफल भएको तथ्यांक सार्वजनिक गरेको छ । 

अदालतले बिहीबार पत्रकार भेटघाट गरेर यस्ताे तथ्यांक सार्वजनिक गरेको हो । 

आर्थिक बर्ष २०७४-०७५ मा सम्बन्ध बिच्छेदका लागि परेका १ सय १६ मुद्दा मध्ये ९४ वटा घटनामा गरेको अनुसन्धानमा ६७ वटा मागी र २७  प्रेम बिवाह गर्नेहरुले सम्बन्ध बिच्छेद गरेको पाइएको छ । 

सम्बन्ध बिच्छेद गर्ने २० वर्षदेखि ६८ बर्ष उमेर समूहमा सबैभन्दा बढी २० वर्षदेखि २३ बर्ष उमेर समुहका रहेको तथ्यांक उल्लेख छ । 

पत्रकार भेटघाट कार्यक्रममा अदालतका मुख्य न्यायाधीश बिनोदकुमार पोखरेलले श्रीमान्बाट अंश नलिई सम्बन्ध बिच्छेद गर्ने महिलाहरुको संख्या समेत धेरै रहेको छ । 

गएको आर्थिक वर्षमा फछ्र्यौट भएका मुद्दाहरु १ सय १३ मुद्दाहरुमा अंश नलिई सम्बन्ध बिच्छेद गर्ने महिलाहरु संख्या ६३ र अंश लिनेको संख्या २३ रहेको छ ।

पछिल्लो समय महिलाहरु आत्मनिर्भर बन्दै गएकाले यस्तो नतिजा आएको हुन सक्ने पोखरेलले बताए ।

सो अवसरमा आर्थिक बर्ष २०७४÷०७५ मा अदालतमा परेका ४ सय २१ वटा मुद्दा मध्ये ३ सय ६५ वटा फर्छ्याैट  भएको जानकारी दिएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया