प्रधानमन्त्री कप क्रिकेट : आर्मी र पुलिसको लगातार चौथो जीत
चैत २, २०८१ शनिबार
काठमाडौं - राष्ट्रिय सूचना आयोगले बिहीबारबाट सूचना स्वतः प्रकाशन विद्युतीय प्रणालीको सञ्चालनसम्बन्धि तालिम दिन सुरु गरेको छ ।
काठमाडौंमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपाल सरकारका केन्द्रिय निकायका सूचना अधिकारीहरु सहभागी छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचना प्रकाशन गर्दा कार्यालयको काम, कर्तव्य, अधिकार र पृष्ठभूमिलाई विस्तृत रुपमा उल्लेख गर्न निर्देशन दिनुभयो ।
उहाँले सूचना स्वतः प्रकाशन विद्युतीय प्रणालीमा ३ महिनामा परिमार्जन हुनेगरी सूचनाहरुको व्यवस्था गनुपर्नेतर्फ पनि सरकारी निकायलाई सचेत गराउनु भयो ।
आयोगका सूचना आयुक्त किरणकुमार पोखरेलले नागरिकले नमागेपनि नागरिकलाई सूचना दिने आफ्नो दायित्व पूरा गर्न सबै सरकारी निकायलाई सचेत गराउनु भयो ।
उहाँले संविधानले सबै नागरिकलाई सूचना दिने दायित्वको सरकारको भएको स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको परिपालना गर्न पनि सरकारका सबै निकाय गम्भिर हुनुपर्नेमा पनि जोड दिनुभयो ।
आयोगकी प्रवक्ता यशोदा तिम्सिनाले गोपनीयताको नाममा सूचना नागरिकलाई नदिने काम कुनै पनि निकायलाई नगर्न सचेत गराउनुभयो ।
उहाँले नागरिकलाई सूचना दिने काममा प्रगति हुँदै आएको पनि अनुभूूति सुनाउनुभयो ।
आयोगले जनताको सूचनाको हकलाई सुनिश्चित गराउन सूचना र प्रकाशन विद्युतीय प्रणालीको विकास गरेको छ ।
त्यसै प्रणालीलाई लागू गराउन आयोगले सरकारका केन्द्रिय निकायका सूचना अधिकारीहरुलाई प्रशिक्षण दिइएको हो ।
देशका सबै निकायलाई प्रशिक्षण दिने र जनताको सूचना पाउने हकलाई सुनिश्चित गराउने अभियानलाई तीव्रता दिने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।