आजदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

 चैत १, २०७६ शनिबार ११:४७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले स्थालमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई आज शनिबार राति १२ बजेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो ।

यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनुभयो ।

यसैगरी, विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि आजै राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिनेछ । यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

यसैगरी, आजै रातिदेखि नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Hemraj khatri

    Aug. 14, 2021, 8:23 p.m.

    यो सरकारको नीति देख्दा पनि छक्क लाग्छ भन्या...भारत चीनवाट स्थलमार्ग हुँदै नेपाल आउन चाहिँ पाइन्छ रे, अनि तेश्रो देशवाट आउन हुन्न रे ..क्या गज्जव छ वा ...यस्तो नीति ही भने यो कोरोना भाइरस कहिले पनि सकिन्न नेपाल सरकार /

  •  1 Reply
  • रवि रन्जित

    June 16, 2021, 3:41 p.m.

    तेस्रो मुलुक बाट आउने बिदेशीहरु कहि स्थलमार्ग प्रयोग होला कतै ? बरु सिधै भने हुन्छ नि भारतमा कोरोनाको जोखिम कम भएकोले भारतीयहरु बाट खतरा छैन ,त्यसैले उनिहरुलाइ बिना रोकटोक नेपाल भित्रीन दिनुपर्छ भनेर ! ? नेपाली जनताले खोप पाउन कठिनाइ भइरहेको अवस्थामा भारतीय र चिनियाँ नागरिकलाइ स्थलमार्ग बाट प्रवेश पाउने ? क्या राम्रो छिमेकीलाई खुसी पार्ने नीति ? नेपाली जनता औषध उपचारमा ठगीरहेको बेलामा भारतीय र चिनियाहरुलाइ भित्र्याएर अझ किनथप जोखिम मोल्न खोजिएको होलान बुझिएन !!!?

  •  0 Reply
  • Raaz Nanda Dhital

    July 30, 2020, 9:02 p.m.

    कोरोनाको डर अन्त्य नभयेको अवस्थामा अझै भारत आउनेलाइ स्थलमार्ग बाट सजिलै आउनदिने रे ? होइन यो नेपाल सरकार भारत बिना न बाच्नसक्ने भैसक्यो कि के हो ???

  •  0 Reply
  • Rahendra Prasad Pradhan

    July 29, 2020, 1:38 p.m.

    भारतीयहरु आउन पाउने भएबाट अब कोरोनाको खतरा झन बढ्ने भयो। अहिलेसम्म कोरोना फैलाएको भारतबाट आउनेले नै हो भनेपछि, यो त हदै भयो।

  •  1 Reply
  • shreedhar pokhrel

    July 24, 2020, 7:51 p.m.

    यो देसमा कति उल्टो नीति छ।मैले बुझेअनुसर भारतीयहरु चाहिँ स्थल मार्ग बाटो भयर आउन पाउने त होल होईन र ? लौ बित्ने भो पर्भु !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया