टिप्परकाे ठक्करबाट इँटा भट्टामा खेल्दै गरेका बालकको ज्यान गयाे

 चैत १, २०७६ शनिबार ११:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर - टिप्परको ठक्करबाट शनिबार भक्तपुरमा एक बालककाे ज्यान गएकाे छ ।

चाँगुनारायण-९ मा रहेकाे ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक डेढ वर्षे बालकको इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको मिनी टिफ्परले ठक्कर दिँदा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

टिप्परके ठक्करबाट ज्यान गुमाउनेमा सर्लाही जिरायल घर भएका १९ वर्षीय ईश्वर मोक्तानका १८ महिनाको छोरा शिशिर मोक्तान रहेकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिनुभयो । 

टिप्परको ठक्करबाट घाइते भएका बालकलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी पुर्याउने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

प्रहरीले ठक्कर दिने टिप्पर र भक्तपुर नगरपालिका-९, च्यामसिंह बस्ने ४० वर्षीय चालक श्याम फैजुलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी गिरीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया