ट्राफिक प्रहरीलाई चार हजार घुस दिन खोज्ने पक्राउ

 चैत २, २०७६ आइतबार १०:२८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ट्राफिक प्रहरीलाई चार हजार रुपैयाँ घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् । आवश्यक कागपत्र बिना मोटरसाइकल चलाइरहेका प्रेमनाथ सेढाईंले घुस दिन खोजेपछि पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरीले बा २८ प ४०४२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सेढाईंले प्रहरीलाई घुस दिन खोजेका थिए । ट्राफिक प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सवारी साधनसहित सेढाईंलाई महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया