काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

 चैत ४, २०७६ मंगलबार १३:५२:५८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।

यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै काेरोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।

कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डाेमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएकाे र अरु सङ्क्रमित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएकाे देश भएकाे हाे । 

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिकाे ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

2 Comments

  • बद्रीप्रसाद घिमिरे

    March 19, 2020, 3:32 a.m.

    अ green zone मा छ भन्दै घिरौला जत्रो नाक पारेर कान मा तेल हालेर बसोस नेपाल ।

  •  0 Reply
  • Deelip Gautam

    March 17, 2020, 3:11 p.m.

    worldometer has taken the area of nepal as 143350 km2. Please review it also. the correct area of nepal is 147181 km2

  •  1 Reply

तपाईको प्रतिक्रिया