मलेसिया र खाडीका ६ देशमा कोरोना सङ्क्रमणको अपडेट

 चैत ५, २०७६ बुधबार १३:१४:० | उज्यालो सहकर्मी

काठमाण्डौ – चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फैलिएको छ । खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १ हजार ९ सय ४६ जनामा कोरोनाको संक्रमण भएको छ । यूएईमा कार्यरत दुई नेपालीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्याँकअनुसार १ सय ७० देशका दुई लाख ४ हजार ४४ नागरिकलाई कोरोनाको सङ्क्रमण भएको छ । अहिलेसम्म ८ हजार २ सय ५० जनाको ज्यान गएको छ भने ८२ हजार ८ सय ६६ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन, तर नेपालीले काम गर्ने रोजगारीको मुख्य गन्तब्यहरु खाडीका ६ देश र मलेसियामा सङ्क्रमण फैलिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न तपाईले काम गरिरहेको देशका सरकारले दिएका सल्लाह र निर्देशन पालना गर्नुका साथै उच्च सतर्कता अपनाउनु पर्छ ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :  

कतार

सङ्क्रमित संख्या : ४ सय ४२

निको भएर घर फिरेकाहरु : ४

अस्पतालमा उपचाररत : ४ सय ३८

कतार सरकारको सल्लाह 

-  सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 
- भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा मोबाइल एपहरु गर्नुहोस् । 
- कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नहोस् । 

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर 

- कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । 
- दूतावासमा पासपोर्ट र यात्रा अनुमतिपत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ ।
- मृतक सम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

- नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 
 - यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

यूएई

सङ्क्रमित संख्या : १ सय १३

निको भएर घर फिरेकाहरु : २६

अस्पतालमा उपचाररत : दुई जना नेपालीसहित ८७ 

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेष्टुरेण्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भैसकेका छन् । मङ्गलबारदेखि यूएई भ्रमणमा जानेहरुलाई सरकारले भिसासमेत नदिने निर्णय कार्यान्वयन गरेको छ । 

यूएई सरकारको सल्लाह 

- पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेष्टुरेण्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । 
- कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 
- यूएईको मिनिष्ट्रि अफ हेल्थ एण्ड प्रिभेन्सन ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 
- सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । 

- भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा मोबाइल एपहरु गर्नुहोस् । 

- आवुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

साउदी अरेविया

सङ्क्रमित संख्या : १ सय ७१

निको भएर घर फिरेकाहरु : ६

अस्पतालमा उपचाररत : १ सय ६५

साउदी सरकारको सल्लाह 

- सरकारले कोरोना भाइरस परीक्षणको लागि Saudi Center for Disease Prevention and Control लाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् । 

- सङ्क्रमणको शंका लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको Health Service Centre को सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

- कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए उसित भेट हुँदा वा बोल्दा कम्तिमा पनि एक मिटर टाढै रहनु होस् । 

- अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको ९६६१४६१११०८ नम्बरमा सम्र्पक गर्नुहोस् ।

बहराइन 

बहराइनमा ल्याण्ड गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाई गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

सङ्क्रमित संख्या : २ सय ५५

निको भएर घर फिरेकाहरु : ८८

अस्पतालमा उपचाररत : १ सय ६६

मृतकको संख्या : १

सरकारको सल्लाह 

- अरु देशमा झै बहराईन सरकारले पनि सबैलाई भीडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

 - ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्रि ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

- सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा १ हजारदेखि १० हजार बहराइन दिनार जरिवाना हुनेछ । 

- कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ । 

कुवेत 

सङ्क्रमित संख्या : १ सय ४२

निको भएर घर फिरेकाहरु : १२

अस्पतालमा उपचाररत : १ सय ३०

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । गएको शुक्रबार रातिदेखि कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ । 

कुवेत सरकारको सल्लाह 

- सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् ।

- घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले जारी गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 
- स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् ।

- कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् ।

- कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

ओमान 

सङ्क्रमित संख्या : ३३

निको भएर घर फिरेकाहरु : १२

अस्पतालमा उपचाररत : २१

ओमान सरकारको सल्लाह 

- सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् । 

- कुवेत सरकारले जारी गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

- कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

मलेसिया

कोरोनाको सङ्क्रमण फैलन नदिन मार्च १७ मङ्गलबारदेखि मार्च ३१ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित संख्या : ७ सय ९०

निको भएर घर फिरेकाहरु : ६०

अस्पतालमा उपचाररत : ७ सय २८

मृतकको संख्या : २

मलेसिया सरकारको सल्लाह

- कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानु होस् 

-  सुरक्षा सतर्कताका लागि सरकारले जारी गरेका निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । 

- कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

- मलेसियामा नेपालीका लागि काम गर्ने धेरै संघसंस्था छन् । समस्या पर्दा यस्ता संघसंस्थाको पनि सहयोग लिन सकिन्छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया